खोजखबर

ओम्नीलाई कालोसूचीमा नराख्न अन्तरिम आदेश

सौर्य अनलाइन २०७७ असोज १२ गते १९:५६ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरणमा मुछिएका ओम्नी बिज्नेश कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई तत्काल कालोसूचीमा नराख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सार्वजनिक खरिद अनुगमन कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई कालो सूचीमा राख्ने निर्णय गरेपछि त्यसविरुद्ध ओम्नी सर्वोच्च अदालत गएको थियो । लकडाउन लगत्तै स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको ओम्नीले गुणस्तरिय सामान नल्याएको अनि समयमा सामान समेत आपूर्ति नगरेको भनी स्वास्थ्य सेवा विभागले उसँगको खरिद सम्झौता रद्द गरेको थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय