पाल्पामा गोठ भत्किएर एकको मृत्यु

पाल्पा । जिल्लाको रिब्दिकोट गाउँपालिका – ७ डबकामा गोठ भत्किँदा आज एक जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ५५ वर्षीय हरी लम्तरी रहेको स्थानीय यादव गहतराजले जानकारी दिए ।

गोठले च्यापिएर सोही स्थानका ५२ वर्षीय अमर पेमी घाइते भएका छन् । स्थानीय डिल बहादुर विकको गोठ मर्मत गर्ने क्रममा भत्केको बताइएको छ ।

प्रतिक्रिया