बझाङमा बलात्कारपछि हत्या गरिएकी बालिकाको समर्थनमा कालिकोटमा विरोध प्रर्दशन

कालिकोट । बझाङको मष्टो गाउँपालिका–२ कि १२ वर्षिया बालिका सम्झना कामीलाई बलात्कार गरी हत्या गर्ने हत्यारालाइ कालिकोटमा कडा सजायको माग गर्दै विरोध प्रर्दशन गरिएको छ ।

सामाजिक अभियान्ता एवं लिंगाशैनि युथकलवका अध्यक्ष हिक्मतजंग मल्लको नेतृत्वमा युवाहरुले कालिकोटमा प्रर्दशन गरेका हुन् । ‘हत्यारालाई फाँसी दे’, भन्दै सदरमुकाम मान्म बजारमा विरोध प्रर्दशन गरिएको हो ।

विरोध प्रर्दशन पछि मान्मको प्रतिमाचोकमा कोणसभा गरी नेता मल्लले बालिका सम्झनाका हत्यारालाई तत्काल अनुसन्धान गरी फाँसिको सजाय हुनु पर्ने बताए । मल्लले १४ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता अझै नलागेको अवस्थामा, फेरि बझाङमा १२ वर्षिया बालिकालाई बलात्कार गरी हत्या गरिनु सरकारकै कमजोरी भएको बताए ।

                                       बलात्कार गरी हत्या गरिएकी १२ वर्षिया बालिका सम्झना कामी

निर्मला पन्तका हत्यारा पत्ता लागाएको भए सम्झनाको हत्या नहुने पनि मल्लको भनाई थियो । उनले सम्झनाको हत्यारालाई उन्मुक्ती दिएमा फेरी पनि सडकमा आगो बाल्ने चेतावनी दिए । प्रहरीका अनुसार, सम्झनाको शरीर भरी निलडाम र टाउकोमा चोट रहेको छ । बझाङका प्रहरी प्रमुखका अनुसार सम्झनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ भने विस्तृतमा रिर्पोट आउन बाँकी रहेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया