रोल्पामा ९ किलो ८२ ग्राम अफिमसहित दुई महिला पक्राउ

रोल्पा । रोल्पामा प्रहरीले ९ किलो ८२ ग्राम लागुऔषध अफिमसहित दुई महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागुऔषधसहित दुई महिला पक्राउ गरेको जनाएको छ ।

लागुऔषध अफिम ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी निरीक्षक शङ्कर खड्का नेतृत्वको टोलीले लागुऔषधसहित ती महिलालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा थवाङ गाउँपालिका­ २ ठूलो गाउँ बस्ने वर्ष ३६ की बिन ज्योति रोका र ४५ वर्षीया मुली झाँक्री रहेको प्रहरीले जनाएको छ ।

बिन ज्योतीले बोकी ल्याएको झोलाभित्र प्लास्टिकको पोकामा बाँधेको अवस्थामा चार किलो ९३५ ग्राम अफिमसहित एक थान तराजु, विभिन्न दरका भारतीय सिक्का र पाँच ग्रामको फलामको ढक फेला परेको थियो भने मुलीले बोकेको झोलाबाट चार किलो ८८५ ग्राम अफिम फेला परेको प्रनि खड्काले जानकारी दिए । – रासस

प्रतिक्रिया