दैलेखमा करेन्ट लागेर एकको घटनास्थलमै मृत्यु

दैलेख । जिल्लाको भैरवी गाउँपालिका वडा नं २ वडिमाईमा विद्युतको पोल गाड्ने क्रमा करेन्ट लागेर एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

नयाँ पोल विस्तार गर्ने क्रमा करेन्ट लाग्दा भैरवी गाउँपालिका– २ का २४ वर्षीय पुस्कर थापाको ज्यान गएको र वडा नं २ का भुपेन्द्र थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार विद्युतको पोल गाड्ने क्रममा पोल ढलेर अर्को विद्युतको तारमा लाग्दा करेन्ट लागेको र घाइतेको दुल्लु अस्पतालमा उपचार भईरहेको अवस्था मध्यम रहेको छ ।

प्रतिक्रिया