कार्यक्षेत्रमै वडा सचिवको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान उनको मृत्युु भएको हो । रुकुम पश्चिम मुसीकोट नगरपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत थिए ।

निरन्तर ज्वरो आउने र सास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाकी प्रवक्ता राममाया हमालले जानकारी दिइन् । मृतक रोकाको स्वाब संकलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।

प्रतिक्रिया