देशको सेवासँगै साहित्यमा पनि

शसस्त्रका प्रहरी नायव उपरिक्ष (डिएस्पी) रामबहादुर पाली (बोगटी)

घरखेत लाने बाडि पहिरो, उर्लि आउने खोला आमा
पोहोर जस्तै यसपाली नी सताउने त होला आमा ।।

यो दुइसेर गजलकार एवं शसस्त्रका प्रहरी नायव उपरिक्ष (डिएस्पी) रामबहादुर पाली (बोगटी) का हुन । २०४० साल जेष्ट २१ गते राम बहादुर पालि(बोगटी) को जन्म भयो । कन्चनपुर जिल्ला महेन्द्रनगर नगरपालिका ८ तिलाचौर हाल भिमदत्त नगरपालिका तिलाचौरमा बसोबास गदै आएका रामबहादुर पाली(बोगटी) सानैछँदा गजल लेखन, कविता लेखन वा अन्य साहित्यकारका विभिन्न विधाहरु सुन्न र लेख्न मन पराउथें । बुबा विरबहादुर पाली र आमा लिलादेवि पाली बोगटीको कोखबाट जन्मिएका राम बहादुरले लाउरे बन्ने ठुलो सोच राखेका थिए । उनले मेहनत गर्दा गदै २०६२ सालमा शसस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा नाम निकाले । उनी फौजितिर आउदै गर्दा साहित्यिक क्षेत्रमा पनी त्यतिकै चासो राख्थे । अहिले उनी शसस्त्र प्रहरी बल गुल्म कालिकोटका गुल्मपती छन् । उनै प्रहरी नायब उपरिक्षक रामबहादुर पालि (बोगटी)सँग उनको साहित्यिक पाटोबारे सौर्यकर्मी हस्त चौलागाँईले गरेको कुराकानीः

 

सर्वप्रथम यहाँलाई स्वागत छ ।
धन्यवाद सर ।

 

कहिले देखि साहित्यकार बन्न मन लाग्यो अथवा लेख्न मन लाग्यो ।
म एसएलसी सकाएर उच्च माध्यमिक तह प्लस टु पढ्दै गर्दा मलाई साहित्य मन पर्न थाल्यो । अनि आफै लेख्थे, धेरै चोटी पढ्थे पढि सकेपछि आफुभन्दा अग्रजलाई देखाउथे उहाँहरुले ठिक छ, भनिसकेपछी कन्चनपुरमा लाग्ने मेला महोत्सव तिर सुनाउथें । जे होस सवैले मन पराउथे ।

 

तपाइले लेखेका गजलहरु मध्ये तपाइलाई मन पर्ने गजल सुनाउन मिल्छ ?
मिल्छ, म पहिला धेरै गजल लेख्थे तर आजकल भने गजलमा केहि तिखारिएको जस्तो लाग्छ । मैले हालसालै बाढि पहिरोबाट धेरै धनजनको क्षति भयो । धेरै मानिसहरुले अकालमै ज्यान गुमाउन पर्यो । म आफै उद्धारकार्यमा गइरहँदा मैले एक परिवारको छोरा र आमाको अवस्था हेरेर गजल लेखेको छु, सुनाउछु है ।

 

विपद प्रकोप
घरखेत लाने बाडि पहिरो, उर्लि आउने खोला आमा
पोहोर जस्तै यसपाली नी सताउने त होला आमा ।।
आकासमाथि बादल लागि गड्याङ गुडुङ हुँदा खेरी ।
सपनीमै झस्काएर जगाउने त होला आमा ।।
कतै घरखेत कतै मान्छे कतै कतै गाँवै भनि ।
शहर भरि एक छिन हलचल मचाउने त होला आमा ।।
बाचेजती गोरु बाख्रा लाला–बाला बोकीकन ।
दुइचार महिना सुकुम्बासी बनाउने त होला आमा ।।
बाबा फर्के प्रदेशबाट शहर तिरै बसाइ सर्ने ।
यसवर्ष नी यस्तै सपना सजाउने त होला आमा । ।

 

धेरै राम्रो गजल राष्ट्रहितमा काम गर्ने मान्छे, राष्ट्रको अवस्था बुझ्ने मान्छे राष्ट्र अहिले कतातिर गइरहेको छ, केही गजल छन र ?

छन्, गजल त धेरै छन् तर अहिलेको अवस्थालाई मध्यनजर गदै एउटा गजल लेखेको छु ।

राष्ट्र हितमा शसस्त्र
विगत मार्न मर्न बन्दुक हानाहानमा गयो राष्ट्र ।
अलि शान्त हुँदा कुर्सी तानातानमा गयो राष्ट्र ।।
हुनु पर्ने बेला विश्वास सहमतिको वातावरण ।
सडयन्त्रको टुनामुना बानाबानमा गयो राष्ट्र ।।
नस्विकारी एक अर्कालाई घरको कुरा दुनियाँ सामु ।
तँ कस्को म कस्को भनि भनाभनमा गयो राष्ट्र ।।
इतिहास छ साच्छी हाम्रो डराउदैनौं हामी मर्न ।
अझै हामिले दिनुपर्ने बलिदानमा गयो राष्ट्र ।।
विगत जस्तै जनभावना नबुझेरै चल्दै गरे ।
अझै शसक्त गर्नु पर्ने महासंग्राममा गयो राष्ट्र ।।

 

राष्ट्र हितका लागि काम गर्नु भयो, गजल लेख्नु भयो, बाढि पहिरोको अवस्थालाई मध्यनजर गदै पनि गजल लेखेर सुनाउनु भयो । माया प्रेमका पनी गजल सुन्ने र पढ्नेहरु धेरै कुनै गजल छन् ?

अतित र कहानी उस्तै उस्तै लाग्छ ।
यो बहार र जवानी उस्तै उस्तै लाग्छ ।।
सवै जायज ठहरिन्छ त्यसैले त मलाई ।
माया र बेइमानी उस्तै उस्तै लाग्छ ।।
हास्दा हास्दै रुने कहिले विना बादल झर्ने ।
मायालु र पानी मलाई उस्तै उस्तै लाग्छ ।।
आफु हिड्ने सही मार्ग आफै तयार गर्नुपर्ने ।
संघर्ष र जिन्दगानी उस्तै उस्तै लाग्छ ।।
रिसाएर एक अर्कामा क्षणमै फेरी बोली हाल्ने ।
म र उनको बानी व्यवहार उस्तै उस्तै लाग्छ ।।
राज गर्छिन दिलमा मेरो त्यसैले त मलाई ।
उनी र महामारी उस्तै उस्तै लाग्छ ।।

कुनै कृती प्रकाशन गर्नु भएको छ, आगामी दिनमा के गर्ने सोच छ ?
मैले कृती प्रकाशन गरेको छैन अव प्रकाशन तयारीमा छु । म अहिले संघर्ष गरिरहेको छु । मेरो लागि नभएर यो महामारीको बेला देश र जनताको सेवामा समर्पित भएकाले अहिले तत्कालै कुनै सोच छैन । तर विस्तारै कृती प्रकाशन गर्छु ।

प्रतिक्रिया