लिदी पहिरो प्रभावितलाई रेडक्रसद्धारा खाद्यान्न सहयोग

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका २ लिदी गाउँमा गएको पहिरोबाट प्रभावितलाई घटनाको दोस्रो दिन आज १० दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरिएको छ । घटनाको दोस्रो दिन शनिबार १० दिनका लागि पुग्ने खाद्यान्न रेडक्रस शाखा सदस्य अमृत कुमार खड्काको सहयोगमा जिल्ला शाखाद्धारा नेपाल आर्मीको हेलिकप्टर मार्फत घट्नास्थलमा पठाइएको हो । पठाइएका सामाग्रीमा दाल, चामल, तेल, नुन, गरम मसला रहेका छन् ।

साथै, अस्थाई शौचालयका लागी २ वटा स्कुटिङ प्लेट, खानेपानी कार्यालयको सहजिकरणमा खानेपानीका लागी १४०० मिटर पाइप पनि पठाइएको नेपा रेडक्रस निर्देशक दिब्यराज पौड्यालले जानकारी दिए । पौड्यालका अनुसार स्थानीय उपशाखाबाट घटनास्थलमा २ जनाले निरन्तर सहयोग गरिएको छ, भने ५ जना थप स्वयमसेवक द्रुत लेखाजोखाको लागि परिचालन तयारी गरिएको छ ।

पहिरो प्रभावित स्थानमा भएका घाइतेहरुको उद्धारका लागि आवश्यक समन्वय र पहलबाट रेडक्रसले हिजो तत्कालै कार्यसुरु गरेको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए । जिल्ला विपद् व्यवस्थापन समितिसंगको समन्वयमा प्रभावित परिवार मध्ये तत्काल ३० परिवारका लागी पुग्ने गरी आवश्यक पर्ने गैह्र खाद्यय सामाग्री पूर्ण सेट पठाइएको थियो । पहिरोबाट पूर्ण क्षती भएका ३७ परिवार हाल मानेडाँडाको चौरमा अस्थायी क्याप्पमा बसेका छन् ।

साउन ३० गते बिहान सुख्खा पहिरो जाँदा ३७ घर पूर्ण क्षति भएका र करीब १७९ घर प्रभावित भएका छन् । अहिलेसम्म १२ जनाको सब फेला परेको र २७ जना अझै वेपत्ता रहेका जिल्लाबाट रेडक्रस अधिकृत राजकुमार लम्सालले खबर दिए ।

 

प्रतिक्रिया