पाँचथरमा स्वाब संकलन

पाँचथर । फिदिम मावि स्रोत केन्द्रमा रहेको क्वारेन्टाइनमा कोरोनाको स्वाब संकलन गरिएको छ । शनिबार पाँचथर क्याम्पस, फिदिम माविको स्रोत केन्द्र क्वारेन्टाइनमा रहेका नागरिकसहित एक सय जनाको स्वाब संकलन गरिएको हो । उक्त स्वाब संकलनमा भूमिका रेडक्रश शाखा र उद्योग वाणिज्य संघ पाँचथरले समन्वय गरेको हो ।

स्वाब परीक्षणको लागी क्वारेन्टाइन बाहिरका, कैदिबन्दी, फलफूल व्यावसायी, सैलुन, बैंकका कर्मचारीलगायत विभिन्न व्यक्तिहरुले संकलन गरेको रेडक्रशका शाखा अधिकृत गुरुराज तिमिल्सिनाले बताए । सो संकलीत स्वाब प्रदेश एक विराटनगर प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया