भारतको फेक समाचारप्रति सरकारले पठायो भारतलाई पत्र

काठमाडौं । केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर विभिन्न भारतीय टेलिभिजन तथा सञ्चारमाध्यममा आएका फेक समाचारप्रति आपत्ती जनाउँदै नेपाल सरकारले भारतलाई पत्र लेखेर पठाएको छ ।

स्रोतका अनुसार भारतीय सञ्चारमाध्यममा नेपाल र यहाँका प्रधानमन्त्रीको बारेमा आएका समाचारहरु आधारहिन, कपोकल्पि, बनावटी रहेको र त्यसले नेपालीको भावनामा ठूलो चोट पुर्याएको भन्दै भारत सरकारलाई कुटनीतिक नोट पाठएको छ ।

त्यस प्रकारको समाचारले दुई देशको सम्बन्धमा गहिरो पर्ने भएको कारण नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै भारत सरकारलाई कुटनीति नोट पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

चिनियाँ राजदूत र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई लिएर त्यहाँका सञ्चारमाध्यमले आपत्तिजनक समाचार प्रशारण गरेपछि नेपालमा त्यसको विरोध भएको थियो । उक्त समाचार प्रसारण भएपछि नेपालमा चल्ने भारतीय केही न्युज च्यानलसमेत बन्द पनि गरिएको छ ।

प्रतिक्रिया