अन्याय गरेको भन्दै सरीता गिरी गइन् सर्वोच्चमा

काठमाडौं । समाजवादी पार्टीबाट निकालीएकी सांसद सरीता गिरी सर्वोच्च अदालतमा गएकी छन् । उनलाई पार्टीले कारबाही गरी साधारण सदस्यबाट समेत हटाएपछि गिरी रिट दिन भन्दै आइतबार सर्वोच्च अदालत पुगेकी हुन् । आफ्नै पार्टीले अन्यायपूर्वक हटाएको भन्दै बदर गरिपाउँ भन्ने गिरीको रिटमाथि बुधबारलाई पेशी तोकिसकेको सर्वोच्च अदालतले जनाएको छ ।

गिरी भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नयाँ नक्सामा भारतकै पक्षमा उभिएर नेपालको विरोधी भएकी थिइन् । समाजवादी पार्टी पदाधिकारी बैठकले पार्टी ‘ह्विप’ उल्लंघन गरेपछि गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

उक्त पार्टीले आफूलाई कुनै जानकारी नदिई प्रचार गरेर अराजनीतिक काम गरेको गिरीको आरोप छ । उनले लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सासहितको निसान छाप बदल्नका भएको संविधान संशोधनमा पार्टी ह्विप उल्लंघन गरेकी थिइन् ।

गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो । संसदमा बोल्न नपाएपछि गिरी बैठकबाटै बाहिरिएकी थिइन् ।

प्रतिक्रिया