दैलेखका पत्रकारलाई मनघरी फाउन्डेसनको सहयोग

दैलेख । दैलेखी सेवा समाज, काठमाडौं र मनघरी फाउन्डेसन नेपालले दैलेखका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।जिल्लामा कोरोनाको उच्च जोखिम भएसँगै उक्त जिल्लामा रहेर समाचार संकलन गरिरहेका पत्रकारका समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको हो ।

दैलेखका पत्रकारहरू यति बेला ज्यानको बाजी थापेर काम गरिरहेको र उनीहरूमा कोरोना समस्या हुन सक्ने कुरालाई ध्यानमा राखी सजग भएर काम गर्नुपर्ने अवस्थामा पत्रकारमा समेत कोरोनाको जोखिम भएकाले कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको मनपरी फाउन्डेसन नेपालले जनाएको छ ।

शनिबार सक्रिय रूपमा कलम चलाएका दैलेखका ३० जना प्रकारलाई प्रेस व्याकेट, के एन ९५ मास्क र सेनिटाइजर हस्तान्तरण गरिएको थियो । पत्रकारको लागि पठाएको स्वास्थ्य सामग्री बुझ्दै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले दैलेखका पत्रकारहरूले कोरोनाको सङ्क्रमण नियन्त्रण गर्ने ठूलो भूमिका लेख्दै आएको र समाजमा सकारात्मक सन्देश जाने गरी आफ्नो कलम चलाउन आग्रह गर्दै स्वास्थ्य सामग्री सहयोग गर्ने फाउन्डेसनलाई धन्यवाद दिए ।

मनघरी फाउन्डेसनले दैलेख जिल्लाका पत्रकारलाई मात्र नभइ कर्णालीका प्रायः जस्तो स्थानमासमेत महामारी रोकथामको लागि आवश्यक सहयोग गर्दे आएको छ ।

प्रतिक्रिया