कोरोना संक्रमणबाट साउदीमा ७ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण साउदी अरबमा सात जनाको मृत्यु भएको छ ।

साउदीमा कोरोना संक्रमित नेपालीको संख्या एक हजार ३ सय ६४ पुगेको छ । संक्रमितमध्ये १७ जना महिला रहेका छन्। संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् ।

त्यस्तै जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएका छन्। साउदी अधिकारीहरुका अनुसार संक्रमणबाट निको हुने नेपालीको संख्या उच्च छ । कोरोना संक्रमण भएकासँग टेलिफोन सम्पर्कमा रहनेलाई उच्च मनोबल दिने र हौसला प्रदान गर्ने प्रकारका कुराकानी गर्न दूतावासले अनुरोध गरेको छ ।

रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ।

साउदी अरबमा ६५ हजार ७७ जनामा संक्रमण देखिएको छ भने ३ सय ५१ जनाको ज्यान गएको छ।

प्रतिक्रिया