चिनियाँ राजदूत यान्छीको नेकपा अध्यक्ष दाहाल र नेपालसँग भेटवार्ता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता भएको छ । राजदूत यान्छीले शुक्रबार नेकपाका अध्यक्ष दाहालसँग खुमलटारमा भेटवार्ता गरेकी छन् ।

अध्यक्ष दाहालले कोरोना भाइरस रोकथामका लागि चीनले गरेको सहयोगको लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार रजदूत यान्छीले अध्यक्ष दाहाललाई भेटेलगत्तै वरिष्ठ नेता नेपाललाई पनि भेट्न कोटेश्वर पुगेकी थिइन् । नेता नेपाल र राजदूत यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया