सुलभ अग्रवाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं । ज्वरो नाप्ने थर्मल गन मेसिन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

उनीविरूद्ध परेको कालोबाजारी मुद्दामा बिहीबार थुनछेक बहसपछि  न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले २५ लाख ५० हजार धरौटीमा छोड्ने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक अग्रवाललाई गत चैत २५  प्रहरीले पक्राउ गरेको थियो । तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हाे ।

 

प्रतिक्रिया