बामदेव गौतमकी पत्नीले प्रम ओलीको पक्षमा हस्ताक्षर गर्न मानिन्

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमकी पत्नी तथा सांसद तुलसा थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर गर्न मानेकी छैनन् ।

नेकपाभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले संसदीय दलमा आफ्नो बहुमत देखाउने प्रयास गरेका छन् । त्यसको लागि उनले आफ्ना निकट सांसदहरुको हस्ताक्षर गर्न अभियान समेत चलाएका छन् ।

सोही विषयमा बुधबार सांसद थापाले यस्तो कार्य उचित नभएका कारण हस्ताक्षर गर्न नमानेको बताएकी छन् । नेकपा संसदीय दलमा आफ्नो बहुमत देखाएर प्रधानमन्त्री पदमै रहने योजना बनाएर प्रधानमन्त्री ओलीले उक्त अभियान चलाएका हुन् ।

नेकपाभित्रै प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न ओलीलाई चर्को दवाव छ । साथै, उनले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन प्रचण्ड-नेपाल समूह लागेको आरोप लगाएका छन् ।

प्रतिक्रिया