प्रधानमन्त्री ओलीको पक्षमा सांसदहरुले गरे हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्रीको पक्षमा सांसदहरुको हस्ताक्षर संकलन सुरु भएको छ । प्रधानमन्त्री ओलीले नेकपाको अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएपछि ओलीका पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार ओली पक्षीय सांसदहरुको भेला भएको छ । राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं ल्याइँने स्रोतले जनाएको छ ।

प्रतिक्रिया