वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय

काठमाडौं । अहिले चलिरहेको लकडाउन सरकारले २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

देशमा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ । यसअघि तोकिएको वैशाख १५ सम्मको लकडाउन अवधि भोली सकिँदै छ ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमित ५२ जना पुष्टि भएको छ भने तीमध्ये आइतबार मात्रै तीन जना नयाँ संक्रमित पुष्टि भएका हुन् । साथै, १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया