अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रन्छौँ

काठमाडौं । सरकारले जारी गरेको अध्यादेश फिर्ता नलिए प्रतिपक्षी दलहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । बुधबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी छलफल भएको थियो ।

यी दुईबाट अध्यादेश लोकतन्त्र समाप्त पार्न, राजनीति अस्थिरता निम्त्याउन र तानाशाह व्यवस्थातर्फ मुलुकलाइ लैजान ल्याइएको प्रतिपक्षी दलहरुको निकर्ष बुझिएको छ । उक्त अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने रणनीति तय भएको उच्च स्रोतले जनाएको छ ।

उक्त छलफलमा कांग्रेसका शीर्ष नेतासहित समाजवादीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र राप्रपाबाट पशुपतिशम्शेर राणा सहभागी भएका थिए ।

प्रतिक्रिया