थप तीन जनामा कोरोना पुष्टि, सात जना अस्पतालबाट डिस्चार्ज

काठमाडौं । थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार गरिएको पीसीआर परीक्षणबाट तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये २४, ६० र ७२ वर्षीय पुरुष रहेको बताइएको छ । आज तीन जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । साथै, बुधबार नै थप दुई जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ती दुई जनासँगै संक्रमणबाट निको हुने सात जना पुगेका छन् । यसबारे बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलनमा जानकारी दिए । डिस्चार्ज हुनेमा धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकुका ३२ वर्षीय पुरुष रहेका छन् ।

प्रतिक्रिया