आजै थप एक जनामा कोरोना पुष्टि, संक्रमित संख्या ४१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४१ जना पुगेको छ । मंगलबार एकैदिन उदयपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ४१ पुगेको हो ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४१ जना पुगेको छ । ती संक्रमितमध्ये निको भएरभएर अस्पतालबाट पाँच जना घर फर्किसकेका छन् ।

प्रतिक्रिया