राष्ट्रपति भण्डारीले गरिन् मन्त्रिपरिषद्का दुवै अध्यादेश जारी

काठमाडौं । सोमबार दिउँसो मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेका राजनीतिक विभाजनसम्बन्धी दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् ।

राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन अध्यादेश) २०७७ र संवैधानिक परिषद काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरेको स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको बताएका छन् ।

प्रतिक्रिया