दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय

काठमाडौं । पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय सरकारले गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी विद्यमान कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।

संसदीय दल तथा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी सोमबार मन्त्रिपरिषदबाट अध्यादेश पास गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको बताइएको छ ।

प्रतिक्रिया