आफ्ना देशका ११० जना नागरिक लिएर उड्यो रुसी विमान

काठमाडौं । आज बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको रुसी विमान आफ्ना देशका ११० जना नागरिक लिएर उडेको छ । रुसको वायुसेवा कम्पनीको उक्त विमान मस्को उडेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

रुसबाट रोयल फ्लाइट एयरलाइन्सको काठमाडौं आज बिहानअवतरण गरेको उक्त विमान दिउँसो मस्कोका लागि उडेको उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपालले विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि अन्तर्राष्ट्रिय उडानमा गरेको प्रतिबन्ध र आन्तरिक रूपमा घोषणा गरेको लकडाउनले नेपालमै फसेका रुसका नागरिक लिएर उक्त विमान राजधानी मस्को उडेको हो ।

प्रतिक्रिया