जनकपुरमा पैसा छर्ने दुई महिला रिहा

काठमाडौं । जनकपुरको सडकमा पैसा छरेको आरोपमा पक्राउ परेका दुई महिला रिहा भएका छन् । शुक्रबार कोरोना भाइरसको त्रास भइरहेका बेला सडकमा पैसा छरेर आतंक फैलाउन खोजेको विषयमा पुष्टि नभएपछि उनहिरू रिहा भएका हुन् ।

शुक्रबार जनकपुरधाम उपमहानगरपालिका( ६ स्थित महावीर चोकमा ती दुई महिलाको साथबाट १० रुपैयाँका १५ वटा नोट सडकमा खसेको थियो । नातामा नन्द भाउजु पर्ने दुई महिलाई घरबाहिर ननिस्किने सर्तमा छाडिएको छ ।

प्रतिक्रिया