सुलभ अग्रवाललाई थप दश दिन थुनामा राख्न आदेश

काठमाडौं । ज्वरो नाप्ने थर्मलगनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप दश दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई आदेश दिएको छ । व्यवसायी अग्रवाल गत चैत २५ गते पक्राउ परेका थिए ।

कालोबजारी गरेको आरोपमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप दिनको अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया