संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । संघीय संसदको अधिवेशन अन्त्य गर्न सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । चैत ७ गतेपछि विश्वभरी फैलिएको कोरोना सन्त्रासका कारण प्रतिनिधिसभा बैठक बस्न सकेको छैन ।

गत चैत १३ र २३ गतेको लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइए पनि त्यसअघि नै अधिवेशन अन्त्य गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको हो ।

प्रतिक्रिया