विश्वभर कोरानोबाट ३४ हजारको मृत्यु

कोरोना भाइरस संक्रमणबाट गएको २४ घण्टामा सबैभन्दा धेरै स्पेनमा ८ सय २१ जनाको मृत्यु भएको छ। स्पेनमा ६ हजार ८ सय ७५ जना नयाँ संक्रमित भेटिएका छन्।

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ जार ८ सय पुगेको छ भने संक्रमितको संख्या ८० हजार नाघेको छ। अमेरिकामा आइतबार मत्रै १८ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। यो सँगै त्यहाँ संक्रमित हुनेको संख्या १ लाख ४१ हजार ८ सय पुगेको छ।

अमेरिकामा आइतबार २ सय ५५ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ। संक्रमितको संख्या तिब्र गतिमा बढेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यहाँ सामाजिक दूरीको आदेश आगामी एक महिनाका लागि थप गरेका छन।

यस्तै इटलीमा आइतबार ७ सय ५६ जनाको मृत्यु भएको छ। ५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन्। योसँगै इटलीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय नाघेको छ। संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ।

उता जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा ४० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वभर कोरोना भाइरसबाट एकै दिन झण्डै ३ हजार मानिसको मृत्यु भएपछि अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३३ हजार ९ सय पुगेको छ। यसै गरी विश्वभर संक्रमितको संख्या ७ लाख नाघेको छ भने उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ।

 

प्रतिक्रिया