विपत व्यवस्थापन कोषमा दैलेखका पदमले दिए ५१ हजार

दैलेख । जिल्लाको नौमूले गाउँपालिका–३ द्धारीका पदमबहादुर विश्वकर्माले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि कर्णाली प्रदेश सरकारले खडा गरेको विपद व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

हाल वीरेन्द्रनगर नगरपालिकामा बस्दै आएका उनले शनिबार ५१ हजारको चेक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेका हुन । वौद्विक, र समाजसेवी पदमबहादुर विश्वकर्माले विपतको बेला सबै एक जुट भई सामना गर्नुपर्ने बताक्एा छन् ।

कोरोना भाइरसको महामारी फैलिन सक्ने भएकोले र यदि महामारी फैलिएमा कर्णाली प्रदेश सरकारको बजेट ले सामना गर्ने नसक्ने हुँदा आफूले केही रकम सहयोग स्वरुप हस्तान्तरण गरेको बताए । उनले भने, ‘आफूले गरेको सहयोग रकमले केही नहुने भए पनि सबैले मिलेर थोरै– थोरै रकमजम्मा गर्ने सकेको खण्डमा सरकारलाई सहयोग पुग्छ, ।’

उनले कर्णाली प्रदेश सरकारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् । मुख्यमन्त्री शाहीले सहयोगको चेक बुझ्दै उनलाई धन्यवाद दिए ।

प्रतिक्रिया