औषधी लिन नेपाल एयरलाइन्सको विमान चीन प्रस्थान

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज आज चीनतर्फ उडेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको आरए ४१७१ जहाज शनिबार दिउँसो साढे १२ बजे नेपालबाट चीनतर्फ प्रस्थान गरेको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको अर्डर अनुसारका कोरोना भाइरसको आवश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाईन्सको जहाज आज १२ः३१ बजे चीनस्थित ग्वान्जाओका लागि उडेको हो । उक्त जहाज आजैराती १ बजे तिर नेपालमा आईपुग्ने बताइएको छ । विमानले नेपाली व्यापारीले किनेर राखेका स्वास्थ्य उपकरण ल्याउने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए ।

प्रतिक्रिया