धादिङका हुन, कतारबाट आएका कोरोना संक्रमित युवा

काठमाडौं । कोरोना संक्रमण भएका तेस्रो युवक कतारबाट आएको खुलेको छ। उनी चैत ६ गते कतारबाट नेपाल आएका ३२ वर्षीय युवक भएको र उनलाई कोरोना भाइरस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन् ।

कतारबाट नेपाल आएपछि ती युवक काठमाडौंस्थित होटेलमा बसेको मन्त्री ढकालले जानकारी दिए। ती युवकलाई मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि परीक्षणका क्रममा कोरोना देखिएको उनले बताए ।

संक्रमित युवकसँग भेटेका र सम्पर्क भएका उनका साथी र अन्य मानिसलाई सम्पर्कमा आउन ढकालले अनुरोध गरेका छन् ।

प्रतिक्रिया