गलत हल्ला फैलाउँनेलाई नर्भिकद्वारा कडा कारबाहीको माग

काठमाडौं । सामाजिक सञ्जालमा कोरोना भाइरस संक्रमितका विरामी भेटिएको भन्ने गलत हल्ला फैलिएपछि नर्भिक अस्पतालले खण्डन गरेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै त्यसविरुद्ध घोर निन्दासमेत गरेको छ ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले देशभर आइपरेको जटिल एवं संवेदनशील समस्यामा सबै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ता खाले भ्रमाक समाचारको पछि नलाग्न अनुरोध गरेका छन् । उनले गलत समाचारप्रति खेद प्रकट गर्दै उनले यस्ताखाले अपराधपूर्ण अफवाहको कडा निन्दासमेत गरे ।

कार्यकारी निर्देशकले भने, ‘अहिलेसम्म नर्भिक अस्पतालमा कोरोना भाइरसका कुनैपनि विरामी फेला परेका छैनन्, यसमा हामी सवै प्रष्ट हुनुपर्छ, तसर्थ त्यस समाचारमा कुनै पनि सत्यता नभएको हामी प्रष्ट पार्दछौं ।’ अस्पतालले भ्रम फैलाउनेप्रति कडा कारबाहीको मागसमेत गरेको छ ।

‘त्यस्ता भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भएपनि  कडा सामाजिक कारवाहीको भागिदार हुनुपर्छ भनी हामी जोडदार माग पनि गर्दछौँ ’, अस्पतालको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया