विश्व

काश्मिरको बस दुर्घटनामा ९ जनाको मृत्यु, ५ घाइते

सौर्य अनलाइन २०७६ फागुन ११ गते १२:५६ मा प्रकाशित

नयाँ दिल्ली । भारतको नियन्त्रणमा रहेको काश्मिरमा शनिबार भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । भिरबाट खोंचमा झरेको यात्रुबाहक बसमा सवार अरु पाँच जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

काश्मिरको कथौ जिल्लाको माल्हार क्षेत्रमा शनिबार बेलुका उक्त दुर्घटना भएको हो । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् । दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय