खोजखबर

बाजुरामा चार रेक्टरको भूकम्प

सौर्य अनलाइन २०७६ फागुन ८ गते ९:४६ मा प्रकाशित

मार्तडी । बाजुरामा चार दशमलव ३ रेक्टरको भूकम्प गएको छ । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको सिमानामा केन्द्रबिन्दु बनाइ बुधबार राति ९ बजेर १३ मिनेटमा भूकम्प गएकोे भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले के कति क्षति भयो, यसको विवरण नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टंटप्रसाद भट्टराईले जानकारी दिए । उनले भूकम्पले क्षति पुर्याएको छ, छैन खबर गर्न मातहतलाई निर्देशन दिएकोे बताउनुभयो । भूकम्पछि केही भागदौड भएको बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय