नेपाल भ्रमण वर्ष २०२० जसरी पनि सफल पार्नुपर्छ

खुमबहादुर सुवेदी, अध्यक्ष – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल

नेपाल भ्रमण वर्ष सुरु भएको एक महिना पूरा भइसकेको छ । कतिपयले पर्यटन वर्षको सुरुआत नै त्यति राम्रो नभएको टिप्पणी गरिरहेका छन्, भने कतिपयले भ्रमण वर्ष ऐतिहासिक हुने दावी गररिरहेका छन् । सरकारको यस महान अभियानमा पर्यटन क्षेत्रका हरेक संघसंस्था तथा व्यक्तिहरू आ–आफ्नै हिसाबले सहभागी भइरहेका छन् । यसै सन्दर्भमा पदयात्रा पर्यटनको क्षेत्रमा क्रियाशील व्यवसायीको साझा संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीसँग केशव भट्टले गरेको कुराकानी :

 

पर्यटन वर्ष २०२० घोषणा पछिको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेपाल भ्रमण वर्ष–२०२० घोषणा गरिनु आफैँमा राम्रो कुरा हो र स्वभाविक पनि हो । कुनै पनि गतिविधि गर्नका लागि यसले एउटा कोसेढुंगा सावित गरोस् भन्ने उद्देश्यका साथ आर्थिक रूपमा पनि जिडिपी वृद्धी हुन्छ भन्ने उद्देश्यका साथ नै यो घोषणा गरिएको हो, भन्ने मेरो बुझाइ छ । भिजिट नेपाल–२०२० लाई हामी प्राइभेट सेक्टरमा पनि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) उच्च सहयोग उच्च जिम्मेवारको रूपमा हामी स्थापित र प्रस्तावको रूपमा हामी आएका छौँ ।

यो भन्दा अगाडि पनि पर्यटन वर्ष मनाउने सिलसिलामा हामी धेरै प्राइभेट सेक्टर अथवा नागरिक समाज नेपाल सरकार सबैले चासोका साथ त्यसलाई उद्घाटन ग¥यौँ । त्यसबाट उत्प्रेरित पनि हामी सबै भयौँ । त्यो एउटा राम्रो किसिमको सन्देशको रूपमा पनि रह्यो । तर, एक महिनाको अवधिमा फेरि सेलाएको हो कि भन्ने एउटा आभाष हुनु स्वभाविक हो । किनभने उद्घाटन भनेको त एकैदिन मात्र हुन्छ । दैनिक रूपमा त त्यो हुँदैन नै । तर, दैनिक गतिविधिहरू नेपाल सरकार र हामी प्राइभेट अर्गनाइजरहरूले दैनिक रूपमा बढाइनै रहेका छौँ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्ना गतिविधिहरू भिजिट नेपालको एजेन्डामा हामीहरूले गरिरहेका पनि छौँ । तर, केही रूपमा अहिले देखिने एक किसिमको नभएको कारणले अलिकति सेलाएको हो कि, भन्ने आभाष अवश्य नै हामीलाई पनि भएको छ । पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरस पनि पर्यटन वर्षलाई प्रभावित बनाउने कारण भएको छ । जुन अपेक्षा चीनबाट गरिएको थियो पूरा नहुने लगभग निश्चित जस्तै छ । त्यस्तै, अन्य विभिन्न नकारात्मक कारण आए पनि हामी उत्साहित भएर लागेका छौँ, लाग्छौँ पनि । सफल बनाउन निजी क्षेत्रले सक्दो प्रयास गर्नेछ ।

बजेट अनुसारको काम भइरहेको छ त ?
अवश्य पनि बजेट छुट्याए अनुसार उहाँहरूले आफ्नो गतिविधिहरू गरिरहनुभएको छ । र, देखिने नै किसिमको पनि भएको छ । तर, कुरा के हो भने सयमा सय त तपार्इं हाम्रो अपेक्षा अनुसार नभएको पनि हुनसक्छ । कतै सानो तिनो कमिकमजोरी त हुन सक्छ । तर, एउटा इभेन्ट जात्रा भन्छौँ नि हामी जात्रा भइसकेपछि आफ्नो लिमिटेसनभन्दा बाहिर गए केही कुरा अलिकति तलमाथि त हुन सक्ला । त्यो अर्थमा पनि कति गर्नुपर्ने भन्दा बाहिर पनि गएको होला । कति आवश्यकताभन्दा बाहिर पनि गएको होला । तर कहिलेकाहीँ गर्दै जाँदा थोरै चिज त खेर गएको पनि हुनसक्छ । तर, त्यसलाई पनि हामीले सकारात्मक हिसाबले लिनुपर्छ ।

पर्यटन वर्षलाई व्यवसायीहरूले कसरी सहयोग गर्न सक्छन् ?
हामी विगतमा २०२० अथवा भिजिट नेपाल पहिलेको १९९८, २०११ हुँदा पनि नहुँदा पनि हामी प्राइभेट सेक्टरहरू पर्यटन भन्दै पर्यटकीय गतिविधिमा लागिरहेकै अवस्था हो । अहिले पनि यो गतिविधि नहुँदा पनि हामी पर्यटन व्यवसायीहरू सबै आफ्नो गतिविधिमा सधै लागिरहेका थियौँ । आज पनि लागिरहेका छौँ । त्यसमा दुईमत छैन ।

अब हिजोका दिनहरूमा हामीले मात्र पर्यटन–पर्यटन भन्थ्यौ र आज टोल, प्रदेश, गाउँपालिकासँगै केन्द पर्यटन भनिरहेको अवस्था छ । नागरिक समाजले पनि पर्यटन भनेर अलिकति फरक आँखाले हेर्न खोजेको अवस्था पाएका छौँ, यसमा हामी खुसी छौँ । किनभने हिजो पर्यटन व्यवसायले मात्र पर्यटनभन्दा आज सबैले पर्यटन भन्न थालेको अवस्था हेर्दा पर्यटकीय आँखाहरू खुलेका हुन् कि, अर्थात सरकारदेखि तल्लो निकायसम्म सबैको आँखा खोलेको हो कि भन्ने आभास पाएका छौँ । र, आज हामीलाई अलि सहज पनि भएको छ ।

पर्यटन वर्ष सफल बनाउन स्थानीय सरकारहरूको भूमिका के रहला ?
यो भिजिट नेपाल–२०२० लाई सफल पार्न टान एक्लैले, पर्यटन व्यवसायी एक्लैले केही संघसंस्थाहरूले, पर्यटन मन्त्रालय एक्लैले, नागरिक समाज एक्लैले अथवा मिडिया एक्लैको नभई सबैको कर्तव्य हो । पर्यटन व्यवसायीको मात्रै हो भनेर ठान्नु भएन । नेपाल सरकार पर्यटन मन्त्रालय हाम्रो अभिभावक मन्त्रालय आफैँमा छँदै छ नेपाल पर्यटन बोर्डलगायत सरोकारवाला पर्यटकीय गतिविधि गर्ने संघसंस्था, नागरिक समाज मिडियाकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जो जहाँ बसिरहेका भए पनि सबैको एउटै आवाज एउटै गति र एउटै सोच हुनसक्यो भने बढीभन्दा बढी पर्यटन आउनेछन् ।

पर्यटकले पनि राम्रो अनुभव लिएर फर्किनेछन् र आफ्नो देशमा गइसकेपछि आफ्ना नातेदार तथा साथीभाइ सबैलाई पनि नेपाल घुम्न सुझाव दिन सक्छन् जसले गर्दा नेपाललाई फाइदा पुग्छ । सबैको एउटै आवाज हुनुप¥यो नकरात्मक सोच २०२० भरी राख्नै भएन । मुख्यतयाः स्थानीय तहहरू नै अब मुख्य केन्द्र हुन् । आफ्नो क्षेत्रमा कस्तो पर्यटकीय वातावरण बनाउने भन्ने उनीहरूकै हातमा छ । पर्यटनमैत्री कुरामा ध्यान दिएर पर्यटन विकास गर्न स्थानीयतहहरूले भूमिका खेल्न सक्छन् ।

पर्यटन भन्दाखेरी आमनागरिकले के बुझ्ने ?
पर्यटन भनेर मेरो परिभाषा बुझ्ने हो भने विदेशी होस् वा स्वदेशी होस् एक ठाउँबाट अर्को ठाउँमा घुम्ने उद्देश्यका साथ केही खर्च गरेर मनोरञ्जन गर्ने उद्देश्यका साथ जान्छ र केही पैसा आफ्नो पकेटबाट सम्बन्धित ठाउँमा खर्च गर्छ भने त्यसलाई पर्यटक भनिन्छ भन्ने मेरो बुझाइ हो । अब गहिरो परिभाषा गर्दा त्यहाँ थुप्रै चिजहरू हुन्छ ।

कति दिन ? कुन ठाउँमा ? भन्ने कुराहरू पनि आउँछ । कुनै पनि व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा गएर आफूसँग भएको पकेटको पैसा खर्च गर्नुप¥यो । तपार्इं एक ठाउँबाट अर्को ठाउँमा जाँदा तपाईं कुनै पाहुना भएर टार्भल गरेर जानुभयो भने तपार्इं पर्यटक हो । विदेशी पर्यटक होस् वा स्वदेशी पर्यटक होस् आफ्नोतर्फबाट आर्थिक रूपमा खर्च गर्छ भने त्यो नै पर्यटक हो । र, त्यो पर्यटकीय गतिविधि हो भन्ने बुझ्नुप¥यो ।

हाल टानले के गर्दै छ ?
एडभान्चर टार्भल पोखरामा गर्ने योजनाकासाथ अब छिट्टै आउने कार्यसमितिको बैठकबाट भिजिट ट्राभल मार्ट गर्ने निर्णय गर्दैछौँ । मैले भनेको मध्येमा त्यो एउटा हो । अब अन्तर्राष्ट्रिय प्रचारप्रसारका कुराहरू त हामीले नियमित गरी नै रहेका छौँ । टिम्सको एउटा अर्को समस्या थियो । करिब ६ महिनाभित्र टिम्सलाई यस वा नो गर्छु भनेको थिएँ । मलाई लाग्छ आउने ६ महिना अझै अलिकति बाँकी नै छ । म त्यसैमा लागिरहेकोे छु ।

देशैभरि टिम्स लागू गर्न सक्छौँ । देशैभरी चेकपोस्ट खडा गरेर अत्याधुनिक प्रविधिबाट टिम्स लागू गराउँ । यदि टिम्सलाई अहिलेको आधुनिक प्रविधिअनुसार लागू गर्न सक्दैनौँ भने यो टिम्सलाई खारेज गरेर टे«किङ पक्रिया लागू गरेर अनिवार्य टे«किङ कम्पनीहरूबाट मात्र पदयात्रा सञ्चालन हुनुपर्छ भन्ने मागका लागि लागिरहेका छौँ ।

हाम्रा लागि दक्ष जनशक्ति महत्वपूर्ण हो । हामीले जुन भवितब्य पर्दा जुन उद्धार गर्नका लागि पनि तालिमहरू दिइरहेका छौँ । टे«किङ गाइडको त एउटा तालिम छँदै छ । हामीले भाषागत गाइडहरू बढाउनु प¥यो भनेर लागिपरेका छौँ ।

अहिले टे«किङ व्यवसायको अवस्था कस्तो छ ?
अहिलेको कुरा गर्दा हामी पर्यटन व्यवसायी र पर्यटन उद्योग अस्वस्था प्रतिस्पर्धामा छौँ । विदेशी पर्यटनहरूलाई नेपाल ल्याउन अग्रसर भई दत्तचित भएर लागिरहेको छौँ । हामी टे«किङ व्यवसायीहरूका साथीहरूलाई बढीभन्दा बढी पर्यटनहरूलाई नेपालमा ल्याउने वातावरण सिर्जना गरेर देशमा रोजगारी गर्नेतर्फ हामीहरू लगिपरेका छौँ । जति हामीले अपेक्षा गरेका थियौँ त्यति चित्तबुझ्दो रूपमा भएको छैन ।

करिब १८ सय व्यवसायी टानमा आवद्ध छन्, जसमा बढिजसो युवाहरू नै छन् । यो व्यवसायमा युवाहरूको आकर्षण धेरै नै छ । हामीले युवाहरूको त्यो आकर्षणलाई अड्याउनु पर्नेछ । सधैँ विदेशी पर्यटक ल्याएर नेपालमा युवाहरूलाई रोजगारी दिन खोजेको हो । यदि, बढी पर्यटक ल्याउन सकेनौँ भने युवाहरू प्नि अड्याउन सकिँदैन । युवाहरू त प्रायःजसो माउन्टेनमा हो । त्यसैले रोजगार त युवाहरूले नै लिन सक्ने हुन् । तसर्थ बढीभन्दा बढी पर्यटन ल्याउन सक्यौँ भने बढीभन्दा बढी युवाहरूलाई रोजगारी दिन सक्छौँ र हामीले चाहेको केही न केही हदसम्म सार्थकता पाउँछौँ भन्ने लाग्छ मलाई ।

टे«किङ व्यवसायमा तथा पर्यटनमा देखिएका चुनौती तथा समस्या के के छन् ?
अब पदयात्राको अवस्थामा तपाईंले भनेजस्तो यो मोटर रोडहरू बन्यो भन्न खोज्नुभएको होला । यदि त्यो अवस्थाले हामी पर्यटन व्यवसायीहरू समस्यामा छौँ नै । तर, त्यसको अर्थ हामीले नेपालको विकास हुनु हुँदैन भन्ने होइन । त्यो ठाउँको कुनै बस्तीमा मोटर जाने रोड बन्दै गर्दा पर्यटनमैत्री सडक छ कि छैन । अनि त्यो वातावरण मैत्री छ कि छैन ? हामी त्यो मोटर बाटो कुन उद्देश्यकासाथ कति घरलाई र कस्तो किसिमको विकास गर्न लागिरहेका छौँ ? लगायतका कुराहरूको विश्लेषण गरिनु जरुरी छ ।

डोजरले रोड मात्र खनेर भएन कति वर्षपछि पिच गर्ने हो । योजना पनि चाहियो नि ! अनि हामीले त रोड मात्र खनिरहेका छौँ । रोड पिच कति वर्ष पछि हुन्छ थाहा छैन । जता मन लाग्यो त्यतै भत्काइरहेका छौँ । त्यो वातावरणमैत्री छ कि छैन । यति सुन्दर डाँडाकाँडाहरू डोजरले जथाभावी भत्काइरहेका छौँ । त्यो हामीलाई पनि कता कता नरमाइलो र नमज्जा लागिरहेको छ । कमसेकम रोड वातावरणलाई त्यति धेरै नोक्सानी नहुने तरिकाले बनाउन सक्नुप¥यो हामीले चाहेको त त्यो हो । यसलाई नेपाल सरकारले यातायात र वनसँग सहकार्य गरेर पर्यटन मन्त्रालयले पनि निर्णय लिनुपर्ने थियो यो दुर्भाग्य भएको छ ।

त्यस्तै, हामीसँग भिसा दिने सिस्टम ढिला छ त्यसलाई चाडो गर्नुप¥यो । प्रदूषण रोकथाम गर्नुप¥यो । ट्राफिकको समस्या हुनु भएन । एउटै रोडमा भएजतिका सबै गाडीहरू, पैदल यात्री साइकल यात्री सबै हिँड्ने एउटै रोड छ । त्यसको व्यवस्थापन हुनुप¥यो । आकासे पुलहरूको पनि सुविधा हुनुप¥यो । एउटै रोडलाई भत्काएर ठूलो बनाएर त भएन । काठमाडौं र लुम्बिनीमा त धेरै होटलहरू पनि बनिसकेका छन् । बाटोको रूटहरूमा पर्याप्त होटलहरू छैनन् । साच्चै नै २० लाख पर्यटक आउने हो र त्यो ठाउँमा पठाउने हो भने अझै पर्याप्त होटलहरू पनि छैन त्यसलाई पनि व्यवस्थापन गर्नुपर्नेछ ।

प्रतिक्रिया