जबरजस्ती करणी मुद्दाका आरोपी महरामाथिको अन्तिम सुनुवाइ आज

काठमाडौँ । सरकारी कर्मचारी महिलामाथि जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज काठमाडौँ जिल्ला अदालतले अन्तिम सुनुवाइ गर्दै छ ।

संसद सचिवालयकै महिला कर्मचारीमाथि जबरजस्ती करणीको अभियोग खेपिरहेका महराविरुद्धको मुद्दामा जिल्ला अदालत, काठमाडौँमा आज अन्तिम बहस सुरु भएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महरामाथिको अन्तिम सुनुवाइ हुने उच्च स्रोतले जनाएको छ । जबरजस्ती करणी उद्योगमा उनीमाथि जिल्ला अदालत काठमाडौँमा गत कार्तिक १४ गते मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया