सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदी ट्रेडिङबीच सम्झौता

काठमाडौं– सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदी ट्रेडिङबीच बिमितहरूलाई नगद रहित सवारीसाधन मर्मत सम्भार गर्नेसम्बन्धि सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार सिप्रदी ट्रेडिङले बिक्री गरेको र सिद्धार्थ इन्स्योरेन्समा बिमा भएका सवारीसाधनहरू क्षति भई मर्मत गर्नुपरेमा सिप्रदी ट्रेडिङ्गको नेपाल भरीका कुनै पनि आधिकारीक वर्क शपमा मर्मत सम्भार गर्दा बिमितहरूले बिमा लेखको रक्षावरणसम्मको रकम वर्कसपलाई सिद्धार्थ इन्स्योरेन्सबाट भुक्तानी हुनेछ ।

सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रदी ट्रेडिङ्गका तर्फबाट भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका थिए । यस सम्झौताबाट बिमितले झन्झटरहित र प्रभावकारी बिमा दाबीको सेवा प्राप्त गर्न सक्ने कम्पनी विश्वास गरेको छ ।

प्रतिक्रिया