दाङमा गीतकार अधिकारी सम्मानित

काठमाडौँ । चलचित्र पत्रकार संघ दाङ शाखाद्वारा गीतकार लोकराज अधिकारी सम्माति भएका छन् । दाङको तुल्सिपुरमा सोमबार सम्पन्न संघको चौथो अधिवेशनको अवसरमा गीतकार अधिकारीले सुगम संगीत र चलचित्र गीतीलेखनमा पुर्याएको योगदान र प्राप्त गरेको ख्याती दाङवासी को गर्व भन्दै सम्मान गरिएको हो ।

चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौला, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन पृयाशन लगाएतले गीतकार अधिकारीलाई सम्मान गरेका हुन् । संघका निवर्तमान अध्यक्ष धुर्वराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले चलचित्र पत्रकार संघ दाङको गतिविधि अन्य शाखाको तुलनामा उदाहरणिय भएको बताए । अधिवेशनले शिव पुन को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

यस अघि दाङमै पहिलो पटक आयोजना भएको बुद्ध सरयू चलचित्र महोत्सवको अवसरमा पनि गीतकार अधिकारीलाई सम्मान गरिएको थियो । प्रदेश नं ५ का सभामुख पुर्णबहादुर घर्ती, प्रदेश सभा सभासद दामा शर्मा लगायतका अतिथिको हातबाट गीत संगीत साधना सम्मान २०७६ बाट अधिकारीलाई सम्मान गरिएको हो ।

आयोजक पहल नेपालका संयोजक केएल बुढाथोकीले नेपाली सुगम संगीत र चलचित्रको गीत लेखनमा गीतकार अधिकारीले कमाएको ख्याती र अनवरत साधनाको सम्मान गरिएको बताए ।गीतकार अधिकारी आमाको निधन पछि करिब एक महिना यता देखि गृह जिल्ला दाङमै रहेका छन् ।

प्रतिक्रिया