विश्व

लिबियामा युद्धविराम गर्न फ्रान्सेली राष्ट्रपतिको आग्रह

सौर्य अनलाइन २०७६ पुष २९ गते १६:५३ मा प्रकाशित

पेरिस । फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले लिबियाको संकट समाधानको लागि त्यहाँ तत्कालै युद्धविराम गर्न आग्रह गरेका छन् । उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि लिबियाको संकट समाधानको लागि आवश्यक वातावरण निर्माण गर्न र युद्धविरामका लागि लिबियाको संकटका सबै पक्षलाई तयार पार्ने वातावरण निर्माण गर्न आग्रह गरेको बताइएको छ ।

लिबियामा बढ्दै गइरहेको संकटको बारेमा फ्रान्सेली राष्ट्रपति म्याक्रोँले केही दिनयतादेखि अन्तर्राष्ट्रिय समुदायसँग छलफल र परामर्श गर्दै आएका छन् ।  उनले आइतबार मात्र पनि विभिन्न देशका नेताहरुसँग यसै विषयमा आवश्यक परामर्श र छलफल गरेका थिए । उनले आइतबार मात्र पनि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार उहाँले लिबियामा जारी रहेको संकटको अन्त्यको लागि सबैभन्दा पनि युद्ध विरामको आवश्यकता रहेको र त्यसपछि शान्तिवार्ताको माध्यमबाट अघि बढ्न सकिने धारणा राखेका थिए । फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सो विषयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि लिबियाको संकट समाधानमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस विषयमा जर्मनीको राजधानी बर्लिनमा एक सम्मेलनको आयोजना गर्ने र सो सम्मेलनमा लिबिया संकटको बारेमा विदेशी दाता राष्ट्रहरुको साथै विदेशी समुदायले पनि कूटनीतिक पहल थाल्ने विषयमा तयारी गर्ने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय