रातो गुराँस बचत तथा ऋण सहकारी संस्थाको नर्वौ वार्षिक साधारणसभा

कालीकोट । कालीकोट जिल्लाको सदमुकाममा सञ्चालित रातो गुराँस बचत तथा ऋण सहकारी संस्थाको नवौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रदेशसभा सदस्य कुर्मरा जशाहीको प्रमुख आतिथ्यत, सहकारी संस्थाका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाको सभाध्यक्ष तथा सामुदायिक रेडियो चंखेली एफएमका स्टेशन म्यानेजर खडानन्द अधिकारीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सहकारीको आर्थिक प्रतिवेदन पेश गर्दै विरेन्द्रबहादुुर बुढाले गत आर्थिक वर्ष २०७५–०७६ मा ६८ लाख, ८ हजार १ सय, २८ रुपैयाँ रहेको बताए । यस्तै आर्थिक वर्ष २०७६–०७७ को मंसिर महिनासम्मको कुल नाफा १ लाख ३३ हजार ७ सय ६२ रुपैया ६९पैसा रहेको छ । रातो गुराँस सहकारी संस्थामा हाल १ हजार ४ सय ५७जना सेयर सदस्यहरु रहेको सहकारीका लेखापाल धर्मराज शाहीले जानकारी दिए ।

कार्यक्रममा उपस्थित सम्पुर्ण सेयर सदस्य, आमन्त्रीत अतिथि तथा सञ्चालक समितीका पदाधिकारीहरुलाई मन्तव्यद्वारा स्वागत गर्दै रातो गुराँस संस्थाका व्यवस्थापक लक्ष्मीप्रसाद देवकोटाले सहकारीको वार्षिक साधारणसभामा उपस्थित सबैलाई सहकारीको महत्वबारे प्रष्ट पारे । यस जिल्लामा अन्य सहकारी संस्थाले सेवाग्राहीलाई सास्ती दिने काम गरेको कुरा अवगत गराउँदै रातो गुराँस बचत तथा ऋण सहकारी संस्थाले सेवाग्राहीलाई सास्ती नदिएर हौसला प्रदान गरेको देवकोटाले बताए ।

कार्यक्रममा बोल्दै विशेष अतिथि नेपाल पत्रकार महासंघ कालीकोटका सचिव खडानन्द अधिकारीले सहकारी सबैको हित र समाजमा रहेका व्यक्तिहरुलाई आर्थिक संकटबाट मुक्ती दिने बताउँदै रातो गुराँस सहकारी संस्थाले हालसम्म राम्रो काम गरेकोमा आगामी दिनको लागि पनि शुभकामना दिए । त्यस्तै कर्णाली प्रदेशसभाका सदस्य कुर्मराज शाहीले सहकारीले समाज रुपान्तरणको कार्यक्रम ल्याउनु आवश्यक रहेको बताए । साथै शाहीले राष्ट्रलाई समृद्ध र शुखी बनाउन सहकारीले भौतिक विकास निर्माणका कार्य गर्नुपर्ने धारणा राखे ।

सहकारीले सिँचाई बनाओस, खानेपानी बनाओस र आकर्षकको केन्द्रमापुग्न सेवाग्राहीको मर्कालाई बुझेर नयाँकार्यविधील्याई सहजवातावरण बनाउनु पर्ने पनि शाहीले बता । मानवअधिकार तथा वातावरण विकास केन्द्र हूरेन्डेक नेपाल कालीकोटका सचिव दिलिपकुमार शाहीले सहकारीलाई अब स्थानिय सरकार, प्रदेश सरकार तथा संघीय सरकारले रणनिति ल्याउनु पर्नेमा जोड दिए । साथै शाहीले सहकारीलाई मजवुद बनाउन सहयोग गर्ने सम्पुर्ण शेयर सदस्यहरुलाई धन्यवाद समेत दिए । नवौँ बार्षिक साधारणसभामा उत्कृष्ट दैनिक बचत कर्ता र असल ऋणीको तर्फबाट जम्मा ८ जनालाई प्रमाण पत्र सहितनगद रकमप्रदान गरी सम्मान समेत गरिएको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया