ब्रिटिश राजदूत तेहरानमा पक्राउ

बिबिसी । युक्रेनी यात्रुवाहक विमानलाई भुलवश खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि ब्रिटिश राजदूत पक्राउ परेका छन्।

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई ब्रिटेनले अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेको छ।

विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको बिबिसीले जनाएकाे छ ।

पछि उक्त कार्यक्रम सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो। त्यहाँबाट दूतावास फर्किन लागेका राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ परेका थिए।

प्रतिक्रिया