काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ कार्यसमितिका उम्मेदवारी मनोनयन पत्र दर्ता गराउने चिकित्सकको नामावली सार्वजनिक भएको छ । संघको कार्यकारी समितिको माघमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम दिन १३ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
राजनीतिक विचारधाराका आधारमा चिकित्सकहरू प्रजातन्त्रिक र प्रगतिशील छुट्टाछुट्टै समूह बनाएर मैदानमा उत्रिएका छन् । प्रजातन्त्रिक समूहका चिकित्सकहरू वर्तमान महासचिव डा. लोचन कार्कीको नेतृत्वमा मैदानमा उत्रिएका छन् भने, प्रगतिशीलका चिकित्सकहरू डा. पुष्पमणि खरालको नेतृत्वमा निर्वाचनको मैदानमा उत्रिएका छन् ।
मनोनयन दर्ताका लागि तोकिएको अन्तिम मिति शनिबार १ बजेसम्ममा अध्यक्षमा डा. खराल र कार्कीको उम्मेदवारी परेको छ । महासचिवमा लोकतन्त्रिक समूहबाट डा. बद्री रिजाल र प्रगतिशील समूहबाट डा. मधुर बस्नेतले उमदवारी दतौ गराएका छन् । प्रगतिशील समूह निकटकै अन्य दुई चिकित्सक डा. दिपेन्द्र पाण्डे र डा. अजयकुमार मिश्रले पनि महासचिवमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. शिवप्रसाद श्रेष्ठ र डा. रक्षा श्रेष्ठ, उपाध्यक्षमा डा. अनिल कार्की र डा. रणजीर कुमार झा, सह–सचिवमा डा. निरज सिंह र डा. शैलेन्द्र झा, कोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी र डा. सञ्जिव कुमार साह, सह–कोषाध्यक्षमा डा. विश्वराज दवाडी, डा. प्रमोद जोशी र डा. उयनारायण सिंहको उमेदवारी परेको छ । त्यसैगरी ६ सदस्यका लागि १५ जनाको उमेदवारी परेको छ ।
सदस्यहरूमा डा. रितेश थापा, डा. मनोर दिन सैयद, डा. प्रमोद जोशी, डा. विक्रान्त ढकाल, डा. नन्दाकुमार गुरुड, डा. लिजन महर्जन, डा. दिपेश अंगाई, डा. प्रविण कुमार गिरी, डा. सञ्जिव तिवारी, डा. दिपक कोइराला, डा. राकेश कुरमा साह, डा. सुमन काफ््ले, डा. जगदिशचन्द्र विष्ठ, डा. त्रिभूवनचन्द्र झा, डा. अनिल चन्द्र चतुरवेदी छन् । निर्वाचन समितिले मनोनयन पत्र दर्ता गर्न शनिबार १ बजेसम्म अन्तिम समय दिएको थियो । केन्द्रीय कार्यकारिणी समितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिवलगायत गरी ३१ जनाले मनोनयन पत्र दर्ता गराएको सुची निर्वाचन समितिले जारी गरेको छ ।
संघको आँउदो मात्र ४ देखि २१ गतेसम्म शाखा कार्यालय र केन्द्रीय कार्यकारिणी समितिको ०७६÷७९ कार्यकालका लागि निर्वाचन हुँदैछ । प्रगतिशील समूहले हाल देखिएको बागी उम्मेद्धारी आगामी सोमबारसम्म मिलाउने बताएका छन् । संघको निर्वाचन समितिले सोमबार दिउँसो सम्ममा उम्मेद्धारको दावी विरोध र नाम फिर्ता लिने समय तोेकेको छ । निर्वाचन समितिले मंसिर ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने पनि जनाएकोे छ ।
प्रतिक्रिया