आर्चरीमा नेपाललाई तीन पदक

पोखरा । सागअन्तर्गत आर्चरी खेलमा बंगलादेशले १० स्वर्ण पदक हात पार्न सफल भएको छ । दश स्वर्ण पदकका लागि पोखरा रंगशालाको आर्चरी खेल मैदानमा सोमबार भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिमतर्फको इभेण्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो ।

रिकर्भ महिला तथा पुरुषतर्फ बंगलादेशले स्वर्ण पदक हात पार्न सफल भयो भने कम्पाउण्डतर्फको महिला तथा पुरुषतर्फ पनि स्वर्ण पदक हात पार्न सफल भयो । रिकर्भ पुरुषतर्फको खेलमा बंगलादेशका विश्व ¥याङकिङ १०औँभित्र पर्ने उत्कृष्ट खेलाडी एमआर सानाले भुटानका छिरिङ केन्लीलाई पराजित गर्दै स्वर्ण हात पारे सोही इभेण्टको महिलातर्फ बंगलादेशकी १४ वर्षकी उदयमान खेलाडी आतुन एमएसटी इटिवाईले भुटानकी डिमा सोनामलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् ।

रिकर्भ एकल पुरुषतर्फ श्रीलंकाले कांस्य पदक हात पार्न सफल भयो । श्रीलंकाका डिई सिल्भा एमएसले भुटानका स्लामा मोहमदलाई पराजित गर्दै कांस्य पदक जित्दा सोही इभेण्टको महिलातर्फ बंगलादेशकी मोनिरा मोहानाजले भुटानकी कर्मालाई पराजित गर्दै कांस्य पदक जितेकी हुन् । कर्मा ओलम्पिकमा छनोट भएकी खेलाडी हुन ।

त्यस्तै कम्पाउण्ड एकल पुरुषतर्फ बंगलादेशका राना एमडी सोहीलले दोर्जे तेण्डीङलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भयो । कांस्य पदकका लागि भएको खेलमा बंगलादेशका दास असिम कुमारले श्रीलंकाका वासान्त कुमारलाई पराजित गरी कांस्य पदक जितेका हुन् । सोही इभेण्टको महिलातर्फ बंगलादेशकी विश्वास सुमाले श्रीलंकाकी करुणारेन्टी अनुराधालाई पराजित गर्दै स्वर्ण पदक जितेकी हुन । श्रीलंकाले यस विधामा कांस्य पदक हात पा¥यो । श्रीलंकाकी दमयन्तीले बंगलादशेकी बनिक सुस्मितालाई पराजित गर्दै कांस्य पदक जितेकी हुन् ।

आइतबार ६ स्वर्ण पदकको छिनोफानो लाग्दा ६ स्वर्ण पदकमाथि बंगलादेशले एक्लौटी ढंगले वर्चश्व जमाउन सफल भएको थियो । नेपालले आर्चरीको खेल सामग्री समयमै उपलब्ध हुन नसक्दा सोचे अनुरुपस्वर्ण पदक ल्याउन नसकिएको प्रशिक्षक वसन्त थकालीको आरोप छ । नेपालले एक रजत, दुई कांस्यसहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो । नेपालसहित चार देश सहभागी भएको खेलमा अन्तिम समयमा पाकिस्तान सहभागी भएको थिएन ।

प्रतिक्रिया