विदेशमा शाखा खोल्ने तयारीमा ग्लोबल आएमई बैंक

सिड्नी । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तक्र्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानी कर्तालाई आफ्नो ब्यांक उपयुक्त सहजकर्ता हुन सक्ने बताए । उनले गैर आवासीय नेपालीहरूको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलविद्युत् आयोजना छिट्टै सञ्चालनमा आउने पनि बताए ।

उनले हाल अस्ट्रेलियालगायत भारत, बेलायत, मलेसिया र जापान मा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको पनि बताए । नेपालमा प्रदेश–प्रदेशहरू र स्थानीय सरकारहरूबीच बिकासमा प्रतिस्पर्दा पनि सुरु भएकाले लगानी का सम्भावनाहरू झन बढेर गएको उनले बताए ।

आफ्नो समुहले चन्द्रागिरि केवल कार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो । अन्तक्र्रियामा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो सस्था १० अर्ब बराबरको गैरआवासीय नेपालीहरूको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माणसँगै नेपालमा गैर आवासीय नेपाली हरूको ठूलो तथा संयुक्त लगानी सुरु हुने बताए ।

प्रतिक्रिया