सिद्धार्थ बैंकको ‘सरल एएमई कर्जा’

काठमाडौं । सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा ७५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ ‘सरल एसएमई कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । बंैकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने यस कर्जाको मुख्य उद्देश्य रहेको छ ।

सरल एसएमई कर्जा सुविधा साना तथा मझौला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नकालागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । साना तथा मझौला व्यवसाय देशको अर्थतन्त्रको मेरूदण्ड भएकोले सिद्धार्थ बैंकले आफूलाई यस क्षेत्रमा अग्रणी भुमिका खेल्नको लागि प्रतिबद्घता स्वरूप यो योजना ल्याएको हो । सिद्धार्थ बैंकले हाल देशभर १७५ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९४ एटिएम मार्फत बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया