शुभकालिकामा हुने अर्गानिक महोत्सव उद्घाटन

कालिकोट । जिल्लाको शुभकालिका गाउँपालिकामा हुने अर्गानिक महोत्सवको भव्य कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका उध्योग बन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाको प्रमुख आतिथ्य, गाउँ खेलकुद बिकास समिति शुभकालिकाका अध्यक्ष खडानन्द अधिकारीको सभाअध्यक्ष तथा कर्णाली प्रदेश सरकारका सदस्य माननीय कुर्मराज शाहीको विशेष आतिथ्यतामा महोत्सव उद्घाटन भएको हो ।

होम स्टेलाई प्रमोट गर्न, गाउँपालिका भित्रका स्थानिय कलाको संरक्षण गर्न, स्थानियलाई अर्गानिक कृषि खेतिमा अग्रसर गराउन, पुराना संकृतिलाई जगेर्ना गराउने उद्देश्यले कर्णाली प्रदेशकै पहिलो अर्गानिक महोत्सवको आज उद्घाटन गरिएको हो । नेपाल पर्यटन वर्ष २०२० प्रति लक्षित कर्णाली पर्यटन वर्ष २०७६ लाई सफल पार्न महोत्सवको आयोजना गरिएको हो ।

‘कृर्षि, खानी पर्यटन र पुर्वाधार, समृद्ध शुभकालिकाको आधार’ भन्ने मुलनारालाई सार्थक बनाउन जिल्लाकै पहिलो अर्गानिक महोत्सवको सुरुवाती गरिएको सभाअध्यक्ष खडानन्द अधिकारीले बताए । अधिकारीका अनुसार स्थानिय स्तरमा लुकेका कला सांस्कृतिलाई जगाउन महोत्सवको आयोजना गरिएको हो ।

प्रमुख अतिथि उद्योग वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले कर्णाली अञ्चल नै पर्यटनका दृष्टिकोणले अगाडि रहेको कुरा बताउँदै शुभकालिका गाउपालिकामा आयोजना गरिएको अर्गानिक महोत्सव प्रदेश कै पहिलो भएकाले यो महोत्सव शिक्षामुलक रहेको बताए । साथै बुढाले अन्य स्थानिय तहले पनि शुभकालिकाको सिको गर्नु आवश्यक रहेको बताए । उनले पर्यटन बर्ष २०२० लाई सफल पार्न शुभकालिकाले चालेको पहल प्रति धन्यवाद दिए ।

कर्णाली प्रदेश सरकारका सदस्य माननीय कुर्मराज शाहीले यो महोत्सवले शुभकालिकाको समग्र बिकासमा सहयोग पुर्याउने बताउँदै कालिकोटका ९ वटा स्थानिय तहले बाहिरबाट कलाकार ल्याएर महोत्सव गर्नु भन्दा स्थानिय स्तरका कलाकार र अर्गानिक बस्तुको प्रयोग गरे जुनसुकै दृष्टिकोणले बिकास हुन सजिलो हुने बताए । अकोराबका कर्णाली प्रदेश सदस्य एवं हूरून्डेक कालिकोट अध्यक्ष जजराज शाहीले अर्गानिक महोत्सबले यस पालिका भित्र रहेका हरेक बालबालिका,युवा,बृद्ध बृद्धा सबैलाई ठूलो ज्ञान हुने भन्दै कर्णालीमा पहिलो पटक सञ्चालन भएको अर्गानिक महोत्सव सधैका बर्षभरी सञ्चालन गर्न सके झन राम्रो बिकाश हुने बताए ।

कार्यक्रममा अतिथि खाडाचक्र नगरपालिकाका प्रमुख जसि प्रसाद पाण्डे र शुभकालिका गाउँपालिका अध्यक्ष खडानन्द चौलागाई लगायतका अतिथिहरूले यो एैतिहासिक महोत्सव सञ्चालनमा ल्याउनु राम्रो काम भएको र अर्गानिक महोत्सव सन्देशमुलक रहेको बताए । महोत्सवमा स्थानिय खाना, सिस्नोको तरकारी, अल्लाको कपडा, माटाका भाडाहरु, चइचच्चु तथा रोटेपिंङ, चित्रकला प्रर्दशनी लगाएतका स्थानिय अर्गानिक सामानहरुको प्रर्दशनी रहेको थियो ।

कार्यक्रममा मारुनी नाँच, हुड्के नाच, तरबार नाच, घोडा नाँच, विशेष देउडा खेल, झोडा मागल, हास्य ब्यंग्य प्रस्तुती लगाएतका स्थानिय स्तरमा पाइने अन्य कलाहरु देखाइने छ । महोत्सवमा चर्चिच हाँस्यकलाकार हस्त चौलागाँई (त्रिकाल) र किरण अधिकारी (एच के जो डी) को वेजोड प्रस्तुती रहने पनि आयोजक समितिले जनाएको छ । महोत्सव २० गते देखि २२ गते सम्म सञ्चालन हुनेछ । । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख श्याम बाबू ओलिया, गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाही, वडा अध्यक्षहरू, स्थानियवासी लगायतको उपस्थित रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया