कर्णकुमारका दुई कृति

काठमाडौं । साहित्यकार कर्णकुमार श्रेष्ठद्वारा लिखित दुई कृति ‘उस्तै उस्तै मान्छे’ साहित्यिक संगालो र ‘मनको सागर’ गीति एल्बम एकसाथ बजारमा आएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रकर्मी यादव खरेलले उक्त कृतिको विमोचन गरे ।

खरेलले नेपाली साहित्यमा कर्णकुमारले गहकिलो कृति ल्याएको बताए । उनले नेपाली साहित्यको कथा, गीत, गजल, कविता र हास्यव्यंग्यमा लामो समयदेखि क्रियाशील श्रेष्ठले समाज, प्रकृति, जीवन र जगतका विषयमा कलम चलाउँदै आएको खरेलले जिकिर गरे ।

कार्यक्रममा प्रकाश सायमी, लक्ष्मण गाम्नागे, ईश्वरप्रसाद भण्डारी र संगीतकार राजु सिंहसमेत सहभागी कार्यक्रममा लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्व माथि चर्चा गरिएको थियो । श्रेष्ठका यसअघि आधा दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन् ।

गीति एल्बम ‘मनको सागर’ मा गायक रामकृष्ण ढकाल, शिव परियार, गायिका अन्जु पन्त, बुनु श्रेष्ठलगायतको आवाजसँगै अभिनय रहेको छ ।

प्रतिक्रिया