धारो छ पानी छैन

कालीकोट । शुभकालिका गाउँपालिका– २ छेलाहाल्ना स्थित श्री भैरव आधारभुत विद्यालयका विद्यार्थिहरु पानीको अभावमा तड्पीएका छन् । विद्यालयमा पानीको धारो मात्र बनेको छ । तर, पानी भने कैले आउने हो थाहा छैन भन्दै यस विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थिहरुले पानीको समस्या भोगिरहेको बताएका छन् ।

कक्षा १ मा अध्ययनरत छात्रा शान्ती विकका ओठ पानी नपाई सुकेका थिए,हतार हतार पानीको खोजिमा रहेकी उनी उकालोको बाटो स्या स्या गदै माथि सडक छेउमा रहेको पानीको धारामा पानी खान आईन् । शान्ति मात्र हैनन् यस विद्यालयमा अध्ययनरत संगिता विकको पिडा यस्तै छ । सवै विद्यार्थिहरु पानी र शौचालय प्रयोग गर्न नपाउदा निराश देखिन्छन् ।

विद्यालयमा बालमैत्रि धारा हुनु पर्ने,पानीको व्यवस्था हुनुपर्ने,शौचालय सरल र सहज हुनु पर्ने भएपनी यस विद्यालयका सवै शिक्षक,विद्यार्थि अभिभावकलाई यस्ता विषयमा कुनै चासो नदेखाए जस्तोे देखिन्छ् । धारो टाढा हुँदा विद्यार्थिहरुलाई अध्ययनमा समस्या हुने गरेको अभिभावहरुले सुनाए । विद्यालयका प्रधानाध्यापक महेन्द्र बहादुरशाहीले भने, ‘धारो बन्यो तर पानी कहिल्यै आएन ।

स्थानिय तहमा जनप्रतिनीधी आउँदा अनेक समस्या समाधान होलान सोचेका थियौ, तर विद्यालयमा पानी छैन, पानी नहुँदा शौचालय प्रयोग विहिन अवस्थामा छन् ।’ कक्षा ३ सम्म सञ्चालन रहेको भैरव आधारभुत विद्यालयका ८२ जना विद्यार्थि, कार्यालय सहयोगी सहित ४ शिक्षक सवैजनालाई विद्यालयमा पानी र शौचालयको समस्या देखिएको हो । समस्यै समस्याको चपेटामा परेको उक्त विद्यालयलाई सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग गर्ने बहानामा धेरै रकम दुरुपयोग भएको स्थानियको आरोप छ ।

यस बारे शुभकालिका गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मनबहादुर शाहीसँग बुझ्दा यस विद्यालयमा तत्कालै वडा सरकारबाट बजेट विनियोजन गरी खानेपानीको समस्या हल गर्ने बताएका छन् साथै शाहीले ५ किलोमिटर टाढा पानीको मुहान रहेकाले पानीको समस्या भएको बताउँदै अब तत्कालै धारो निर्माणसँगै पानीको व्यवस्था गर्ने बताए । गाउँपालिका अध्यक्ष खडानन्द चौलागाँईले यस पालिका भित्र रहेका सम्पुर्ण विद्यालयहरुको अवस्था बुझी समस्या समाधान तिर लाग्ने र पालिका सरकारबाटै रकम विनियोज गर्ने बताए् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया