प्रियदर्शनसँग अक्षय कुमार

एजेन्सी, मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले सन् २००० मा कमेडी जनरामा बनेको चलचित्र ‘हेरा फेरी’ मा अभिनय गरेका थिए । त्यतिबेला उनले आफ्नो एक्सन इमेज छाडेर उक्त चलचित्रमा काम गरेका थिए । फेरि अक्षयले कमेडी चलचित्रमा काम गर्ने भएका छन् । थु्रपै चलचित्रमा सँगै काम गरेका निर्देशक प्रियदर्शनसँग लामो समयपछि अक्षयले काम गर्ने भएका हुन् ।

अक्षय र प्रियदर्शनले ‘दे दनादन’, ‘गरम मसला’ र ‘भूल भूलैया’ लगायतक थुप्रै कमेडी चलचित्रमा सँगै काम गरिसकेका छन् । गोवामा भएको एक फिल्म फेस्टिबलको क्रममा अक्षयकुमारको साथ आफ्नो नयाँ प्रोजेक्ट अर्को वर्षबाट सुरु गर्ने प्रियदर्शनले जनाए ।

उनले भने, ‘अब बन्ने फिल्म कमेडी जनराको हुनेछ । म अहिले स्क्रिप्ट लेखिरहेको छु । फिल्ममाथि आउँदो साल सेप्टेम्बर र अक्टोबरबाट काम सुरु गर्ने तयारीमा लागिरहेका छौँ ।’ प्रियदर्शन अक्षयकुमारसँग काम गर्न सहज र रमाइलो हुने बताउँछन् । प्रियदर्शन भन्छन्, ‘म अक्षय कुमारलाई पूरै भरोसा गर्नसक्छु ।’

प्रतिक्रिया