‘साङ्लो’ को पोस्टरमा विराज र निकिता

काठमाडौं । अभिनेता विराज भट्टको डेब्बु निर्देशन रहेको चलचित्र ‘साङ्लो’ पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ । २४ माघबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रमा अभिनेता तथा निर्देशक विराज र पूर्वमिस नेपाल तथा अभिनेत्री निकिता चण्डकको जोडी बाँधिएको यो चलचित्रको बिहीबार पहिलो गीत सार्वजनिक हुँदैछ ।

चलचित्रले किड्नी तस्करीको कथालाई प्रस्तुत गरेको छ । छायांकनको क्रममा डोटीको जोरायल गाउँपालिकाले विकास निर्माणको बजेटबाट १० लाख छुट्याएपछि यो चलचित्र विवादमा तानिएको थियो ।

त्यस्तै, छायांकनक्रममा निर्देशक तथा अभिनेता विराजले प्राविधिक कुटेपछि यसको चर्चा चुलिएको छ । मानकृष्ण महर्जन छायांकन गरेको ‘साङ्लो’ मा अभिनेता कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया